दफा १०
रोजगार सेवा केन्द्र
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय तह मातहत रही कार्य गर्ने गरी प्रत्येक स्थानीय तहमा एक रोजगार सेवा केन्द्र स्थापना गर्नेछ।

(२) रोजगार सेवा केन्द्रको कामको सङ्घीय तहबाट निर्देशन, समन्वय र सहजीकरण गर्ने जिम्मेवारी मन्त्रालयको हुनेछ।

(३) उपदफा (१) बमोजिमको रोजगार सेवा केन्द्र सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।